नियम ३१
निर्देशन पालना गर्नु पर्ने
(१) मन्त्रालयले ऐन तथा यस नियमावलीबमोजिम- एकल बिन्दु सेवा केन्द्र सञ्चालनका सम्बन्धमा सो केन्द्रको प्रमुखलाई आवश्यक निर्देशन दिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम मन्त्रालयले दिएको निर्देशन पालना गर्नु एकल बिन्दु सेवा केन्द्रको प्रमुखको कर्तव्य हुनेछ। (३) एकल निन्दु सेवा केन्द्रले आफूले वर्षभरिमा गरेका काम कारबाहीको सम्बन्धमा प्रतिवेदन तयार गरी प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीस दिनभित्र मन्त्रालयमा: पेश गर्नु पर्नेछ।